
न्यूज नेपाल एचडी संवाददाता
१७ पुष,काठमाडौँ-ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सम्पुर्ण ग्रील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति शेयर सदस्य तथा साधारण सदस्यहरुको उपस्थितिमा सम्पन्न साधारण सभामा प्रमुख वक्ताको रुपमा बोल्दै अध्यक्ष ठुलोबाबु श्रेष्ठले सहकारीकै माध्यमबाट आम ग्रील ब्यवसायीहरुलाई अगाडी बढाउँदा सहज हुने भए पनि यसलाई सबैतिर ब्यवस्थित गरेर लैजान नसक्दा तालमेल नमिलेको बताउनुभयो ।सहकारी मार्फत हार्डवेयर सञ्चालन गरेर आमब्यवगसायीहरुलाई एक ढिक्का बनाउन गरेको प्रयासलाई महासंघले साथदिने अध्यक्ष श्रेष्ठले प्रतिबद्ध रहेको बताउनुभयो ।सरकारले ग्रील तथा स्टील ब्यवसायीहरुलाई उपेक्षा गरेकोमा गुनासो गर्दै अध्यक्ष श्रेष्ठले ग्रील ग्रामको अवधारणमा गएर यो ब्यवसायलाई उद्योगकोरुपमा बिकास गर्न सकेमात्र ब्यवसायीहरुलाई माथि उठाउन सकिने उहाँको धारणा रहेको थियो।
ठुला कम्पनी र रोलिङ मिलहरुले समेत ग्रील तथा स्टील ब्यवसायीहरुलाई थिचोमिचो गरेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै ,फलामको मुल्यबृद्धि हुनुभन्दा अगाडी ब्यवसायीहरुलाई केहि थाहा नहुँदा पुरानै रेटमा कामको जिम्मालिने र सामानको भाउ बढेपछि कामगर्दा उपभोक्ता संग लफडा पर्ने पैसा फस्ने जस्तो अवस्था आएकोले रोलिङमिल र ठुला कम्पनिहरुले मुल्यबृद्धिहुनु अगाडी नै ब्यवसायीहरुलाई सतर्क गराउन आग्रह गर्नुभयो ।
