Fast Nepal News

संविधानसभा सदस्य सुनुवारको निधन

रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन ।सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि हुनुहुन्थ्यो ।

banner single news

१५ पुष,रामेछाप- संविधानसभा सदस्य एवम् रामेछापकी नेतृ दालकुमारी सुनुवारको निधन भएको छ । रामेछापको गुप्तेश्वर निवासी सुनुवारको ८१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा हरिसिद्धि अस्पताल ललितपुरमा निधन भएको हो ।

सुनुवार पूर्वराजपरिषद् स्थायी समितिकी सदस्य तथा सुनुवार सेवा समाज सङ्घीय सल्लाहकार समितिकी सदस्य पनि हुनुहुन्थ्यो ।

लामो समयदेखि थाइराइड क्यान्सर रोगका कारण भारतमा उपचार गराइरहनु भएकी सुनुवारलाई केही समयदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा राखेर उपचार गराइँदै आएको थियो ।

सुनुवारको पार्थिव शरीर आज बिहान १० बजेदेखि श्रद्धान्जलिका लागि राप्रपाको केन्द्रीय कार्यालयमा राखिने र दिउँसो १२ बजे पशुपतिको आर्यघाटमा दाह संस्कार गर्ने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ ।

Inside Article Ads

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति रामेछापले एक विज्ञप्ति प्रकाशित गरी स्वर्गीय सुनुवारको निधनले सिङ्गो पार्टी र जिल्लालाई क्षति पुगेको जनाएको छ । विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।

समाचार नेपाल टेलिभिजनको अनलाईनमा प्रकाशित छ।

Visited 84 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.