
१३ पुष,काठमाडौँ-भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालाले ललितपुर बालकुमारीमा आफूले प्रयोग गर्दैँ आएको गाडी ईपिएस फोरम समुदायले आगजनी गरेपछि घटनाक्मबारे आफ्नो धारणा ब्यक्त गरेका छन्।
शुक्रबार सिंहदरबार बाट ललितपुरमा जारी नेकपा एकिकृत समाजवादीको केन्द्रिय समितीमा भाग लिन जाने क्रममा ईपीएस आवेदन फाराम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले गाडीमा आगो लगाएर ध्वस्त पारेको मन्त्री ज्वालाले बताएका छन्। उनले भनेका छन् मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला ईपीएसका युवाले आगो लगाए।