
१३ पुष,काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा ललितपुरको बालकुमारीमा इपीएस फोरमका युवाहरूले आगजनी गरेका छन्।
गाडीमा आगजनी गरेपछि बालकुमारी क्षेत्र तनावग्रस्त बन्न पुगेको छ।
आगजनी घटनापछि के भन्छन् त भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला?
‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिएँ। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ मलाई थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ।