
१० पुष,काठमाडौँ-बुटवल नमस्ते पार्टी प्यालेसमा ग्रील तथा स्टील ब्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला सम्पन्न भएको छ।बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको भेलाले महासंघका उपाध्यक्ष तथा रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष अशोककुमार वर्मा को नेतृत्वमा २५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गर्दै संगठन बिस्तारको नयाँ यात्रामा प्रवेश गरेको हो।
ग्रील तथा स्टील ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको बिशेष उपस्थितिमा भएको भेलाले ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका अशोककुमार वर्मा, उपाध्यक्षहरुमा ओम वली, विकल श्रेष्ठ, दिलबहादुर सुनार, महासचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा चेतनारायण गैरे, सहसचिवमा युवराज दर्लामी र सहकोषाध्यक्षमा हस्तबहादुर सुनारलाई चयन गरेको हो ।
यसैगरी लुम्बिनी प्रदेश कार्यसमिति सदस्यहरुमा भागिराम थारु,सर्जुराम चौधरी,डिलबहादुर चौधरी, आदिद सिद्धिकी,दीपक भण्डारी,झविन्द्र कार्की,प्रेमबहादुर आले,हेमन्त वस्नेत,बीरबहादुर थारु,समीरसमर खाती,अर्जुनसिंह विक,सुर्य ढुंगाना,केशव बस्याल,दीपक बसिी,बाबुराम गैरे,अनिश किरण विक र अर्जुन गिरी चयन भएका हुन्।
ग्रील तथा स्टील व्यबसायी महासंघका प्रदाधिकारीहरु र जनप्रतिनिधिले लुम्बिनी प्रदेशमा सम्पन्न भेलापछि कस्तो प्रतिक्रिया दिए त?
लुम्बिनी प्रदेश भेला सम्पन्न भएसँगै ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालको नवौं महाधिवेशनबाट निर्वाचित हुनुभएका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रस्तावमा महासंघको संगठनलाई संघियताको मोडलमा लैजाने प्रकृयाको शुरुवात भएको बताउनुभएको छ ।महासंघका अध्यक्ष श्रेष्ठले संघीयताको मर्म र भावना अनुसार सात प्रदेश मध्ये लुम्बिनी प्रदेश समिति गठन पहिलो भएको उहाँले अधिराज्य मिडियाका संवाददातासँग कुरा गर्दै आफ्नो धारणा व्यक्त गर्नुभयो।
लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष अशोककुमार वर्माले व्यवसायीका समस्या समाधान, व्यवसायीका हकहितमा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने र कामदारहरुलाई एड्भान्स तालिम दिन प्रदेश सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसैगरी लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले आर्थिक रुपान्तरणमा ग्रिल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउदैँ ग्रिल व्यवसायीका समस्या समाधानमा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।