Fast Nepal News

‘संघीयताको मर्म र भावना अनुसार सात प्रदेश मध्ये लुम्बिनी प्रदेश समिति गठन पहिलो’:ठुलोबाबु श्रेष्ठ

banner single news

१० पुष,काठमाडौँ- ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका ठुलोबाबु श्रेष्ठले महासंघको संगठन ठाँचालाई संघियताको मोडलमा लैजाने प्रकृयाको शुरुवात गर्ने बताउनुभएको छ ।

नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएका श्रेष्ठले बुटवलमा सम्पन्न लुम्बिनी प्रदेशको भेलामाझ उक्त कुरा राख्नुभएको हो । सो अवसरमा महासंघ अध्यक्ष श्रेष्ठले राज्य निर्माणमा ग्रील तथा स्टील ब्यवसायीको भूमिका बारे चर्चा गर्नूहुँदै राज्यद्धारा यो व्यवसाय उपेक्षित रहेकोले त्यस विषयमा राज्यको ध्यान जान जरुरी रहेको बताउनु भयो । उहाँले व्यवसायीको हकहितका निम्ति ग्रिल ग्रामको व्यवस्था गर्न सरकार समक्ष माग समेत राख्नुभयो । श्रेष्ठले संघीयताको मर्म र भावना अनुसार सात प्रदेश मध्ये लुम्बिनी प्रदेश समिति गठन पहिलो भएको समेत बताउनुभएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले आर्थिक रुपान्तरणमा ग्रिल व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुहुँद ैग्रिल व्यवसायीका समस्या समाधानमा आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । महाधिवेशनले महासंघका उपाध्यक्ष तथा रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष अशोककुमार वर्माको नेतृत्वमा २५ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ ।

Inside Article Ads

तथा स्टील ब्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको बिशेष उपस्थितिमा भएको भेलाले ग्रील तथा स्टिल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा बुटवलका अशोककुमार वर्मा, उपाध्यक्षहरुमा ओम वली, विकल श्रेष्ठ, दिलबहादुर सुनार, महासचिवमा रामप्रसाद पाण्डे, कोषाध्यक्षमा चेतनारायण गैरे, सहसचिवमा युवराज दर्लामी र सहकोषाध्यक्षमा हस्तबहादुर सुनार चयन गरेको छ । यस्तै प्रदेश कार्यसमिति सदस्यहरुमा भागिराम थारु,सर्जुराम चौधरी,डिलबहादुर चौधरी, आदिद सिद्धिकी,दीपक भण्डारी,झविन्द्र कार्की,प्रेमबहादुर आले,हेमन्त वस्नेत,बीरबहादुर थारु,समीरसमर खाती,अर्जुनसिंह विक,सुर्य ढुंगाना,केशव बस्याल,दीपक बसिी,बाबुराम गैरे,अनिश किरण विक र अर्जुन गिरी चयन भएका छन् ।

नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले प्रमाणपत्र प्रदान गरे । नवनिर्वाचित अध्यक्ष वर्माले व्यवसायीका समस्या समाधान, व्यवसायीका हकहितमा प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्ने र कामदारहरुलाई एड्भान्स तालिम दिन प्रदेश सरकारसंग सहकार्य गर्ने बताए ।

Visited 145 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.