Fast Nepal News

छनौट खेलामा जलजले विजयि

banner single news

उदयपुरको वरुवा वसपार्कमा जारि प्रधानमन्त्री कप २०८० पुरुष रास्ट्रीय कृकेट प्रतियोगिताको जिल्ला छनौटको खेलमा जलजले टिम ३६ रनले विजयी भएको छ ।
जिल्ला कृकेट संघ उदयपुरले आयोजना गरेको छनौट चरणको तेश्रो खेलमा त्रीयुगा हरियो विरुद्ध टस जितेर व्याटिङ रोजेको जलजलेले निर्धारित ३० ओभरको खेलमा २३ ओभरमा आफ्ना सवै विकेट गुमाएर १ सय २६ रन बनाएका थिए। वलिङ तर्फ त्रीयुगाका एलिसन वस्नेतले सर्वाधिक ३ विकेट लिएका थिए भने आईस भटराराई, विषय ढुंगाना र सुयोग कार्किले समान २ -२ विकेट लिएको संघका प्रवक्ता तथा प्रतियोगिताका संयोजक मिथुन ठाकुरले बताएका छन। जवाफि व्याटिङ्ममा १ सय २८ रनको विजय लक्ष्य पच्छ्याको त्रीयुगा हरियोले १६ ओभरमा आफ्नो सवै विकेट गुमाएर ९० रनमा समेटिएको थियो। त्रीयुगाका लागि एलिसन वस्नेतले टिमका लागि २८ रन जोडेका थिए भने वलिङमा रहेको जलजलेका राजन यादव, ऋषिकेश यादव र अशोक वसेले समान ३- ३ विकेट लिएका थिए।
छनौट खेलको पहिलो चरण सकिएको र यस मध्येका उत्कृष्ट ३० लाई पौष ९ गते अन्तिम प्रतिस्पर्धामा समावेश गराउने संघका अध्यक्ष एल्विन वस्नेतले बताएका छन।

Inside Article Ads
Visited 122 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.