
३ पुष,काठमाडौँ-एनसेलको शेयर खरिदबिक्री प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्नैप्रश्न गरेका छन् ।
यस्तो छ रविले राखेका ७ प्रश्न
– नियामक निकाय छ, तर पनि समिति किन बनाएको ? कानुनानुसार नियामक निकाय दूरसञ्चार प्राधिकरण छ, किन समिति बनाएको ? सिस्टम बलियो नबनाए हामी कोल्याप्स हुनेछौँ ।
–तत्कालीन अर्थमन्त्रीले किन्नेले हैन बेच्नेले दिने भनेजस्तै अहिले पनि त्यस्तै हो कि ?
– महालेखाको ५५औँ विवरणबाट उहाँले एनसेलको विवरण हटाएको भन्ने छ । उहाँ (टंकमणि शर्मा) लाई किन समिति (एनसेल खरिद–बिक्री प्रकरणबारे छानबिन समिति)को प्रमुख बनाएको ?
– एनसेल ०८६ मा सकिँदै छ, ५० प्रतिशत नेपालीको स्वामित्व नभए पाँच वर्षपछि आउँदैन । प्रमको आदेशले मात्र मिल्दैन, ऐन हेर्नुपर्छ ।
– सरकारको अधिनमा ल्याउने भए कानुनको लुपहोल (छिद्र) चेन्ज गर्नुपर्छ । सकिनअघि, एक हप्ताअघि सेयर खरिद–बिक्री भन्ला,यो चेन्ज गर,आर यु रेडी ?
– एनसेललाई राजनीतिक दल,प्रशासन,अदालत प्रभावमा पार्छु भन्ने आत्मविश्वास छ ।
– ०४६ सालपछि सुरु गरेको मन्त्रीहरूको सम्पत्ति विवरण किन गोप्य हुन्छ ?
