Fast Nepal News

नीतिगत सुधार र प्रभावकारी कार्यन्वयनको माग राख्दै बालबालिकाले सभामुखलाई बुझाए ज्ञापनपत्र

banner single news

१ पुष,काठमाडौँ-बालबालिकाहरुले बाल अधिकार संरक्षणको क्षेत्रमा नीतिगत सुधार र भएका नीति र कार्यक्रमको प्रभावकारी कार्यन्वयनका लागी सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएका छन। शनिबार सिंहदरबार स्थित संघिय संसद सचिवालयमा देशका सातै प्रदेश र १८ बर्ष मुनीका यौनिक अल्पसंख्यक, अपांङ्ता, बाल श्रम, मनोरंजन, बाल क्लब आदी बिषयगत क्षेत्रलाई प्रतिनिधित्व गर्दै बालबालिकाहरुले ज्ञापनपत्र बुझाएका हुन । भेटका क्रममा बालबालिकाहरुले सभामुख समक्ष आफना भोगाई र अपेक्षा बारे कुरा राखे ।

बालबालिकाहरु मनोज भण्डारी, सर्जला खत्री, ज्योति चौधरी, सिवानी मगर, सजिना खडका, आकाश जिरेल, विपना बस्नेत, पुष्पा मगर र सुधा पौडेलले बाल दुव्र्यवहार विरुद्धको विश्व दिवस २०२३ को अवसर पारेर गत नोभेम्बर ९ तारिखमा आयोजित राष्ट्रिय बाल परामर्श भेलाले पारित गरेको काठमाण्डौं घोषणा पत्रमा समेटिएका १५ बुँदे सवालहरुलाई सभामुख सामु पालैपालो पढेर सुनाए ।

भेटका क्रममा उनीहरुले जोखिममा परेका सीमान्तकृत, कमजोर वा कठिन परिस्थितिमा बाँचिरहेका बालबालिकाहरू शिक्षा, स्वास्थ्य सेवा, र दुर्व्यवहार, बेवास्ता वा शोषणबाट संरक्षण जस्ता आधारभूत आवश्यकताहरूबाट प्रायः वञ्चित रहने स्थितिको अन्त्यका लागि सक्दो पहल गर्न सभामुखसँग आग्रह गरे । बालबालिकाहरुले समग्र बालबालिकाहरुको आवाज राख्दै बाल अधिकार संरक्षणमा गरिबी प्रमुख चुनौती रहेको औल्याए । बालक आकाश जिरेलले सभामुख घिमिरे समक्ष एमसिसिको रकम बालबालिकाको क्षेत्रमा लगाउन के गर्नुपर्छ भन्ने आशयसहितको प्रश्न राखेका थिए ।

सो अवसरमा सभामुख घिमिरेले बालबालिकाहरुको निम्ती स्वास्थ्य, शिक्षा, खेलकुद, पुर्वाधार आदी शिर्षकमा लगानी तथा नीति गत व्यवस्था हुँदै आएको प्रसंग राख्नुहुँदै सिमित स्रोतका वावजुद हालसम्म प्राप्त गरिएका उपलब्धीलाई संस्थागत गरि सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

Inside Article Ads

सभामुख घिमिरेले बाल संरक्षण एक प्रमुख चिन्ताको विषय भएको बताउदै बालबालिकाले यौन दुर्व्यवहार, शारीरिक दुव्र्यवहार र बेवास्तालगायत धेरै प्रकारका हिंसाको सामना गर्नुपरेको जनाए । साथै उनले यी समस्याहरूलाई सम्बोधन गर्न र नेपालका सबै बालबालिकाको अधिकारमा पहुँच सुनिश्चित गर्न आफु प्रतिबद्ध रहेको बताए । सिविस सस्थाको संयोजनमा भएको यस कार्यक्रमलाई संस्थाका एडभोकेसी एडभाईजर युवराज घिमिरेले सहजकर्ताको भूमिका निर्वाह गर्दै बालबालिकाहरुले प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

भेटका क्रममा राज्यदैनिकका कार्यकारी सम्पादक एवम एनटिभी न्युज सचेतना कार्यक्रमका निर्देशक सरोज ओझासहित अधिकारकर्मीहरु विमला ज्ञवाली, अनिता पाण्डे, कर्मा शेर्पा, सुरज श्रेष्ठ, मनिता धरेल, विनिता जोशी, अंकिता थापा, उमङ्ग मैनाली, प्रकाश महर्जन र मनिराम आचार्यको सहभागी थिए ।

बालबालिकाहरुले सभामुखलाई बुझाएको ज्ञापनपत्र

Visited 48 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.