
३० मंसिर,काठमाडौं-श्री नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोह समितीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रको पक्षमा भएको आन्दोलनले अहिलेको व्यबस्था उल्ट्याउन खोज्ने तत्वहरु सक्रिय रहेको बताएका छन्।अहिलेको व्यबस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक रहेको दाहालको भनाई छ।
अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकने संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको बताउदैँ प्रधानमन्त्री दाहालले इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्ने भएको हुनाले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक रहेको धारणा प्रधानमन्त्रीले जनस्तरमा सार्वजनिक गरेका छन्।