Fast Nepal News

सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ

banner single news

२५ मंसिर,काठमाडौँ-नेपाल प्रहरीले गत बिहीबार नागढुंगाबाट बरामद गरेको दुई किलोग्राम सुन प्रकरणमा चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बरामद सुन ओसारपसारमा संलग्न रहेको आरोपमा काठमाडौंको सोह्रखुट्टे बस्दै आएका २७ वर्षीय चिनियाँ नागरिक चेन झिउईलाई आइतबार पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले सुन ओसारपसारमा संलग्न रहेको आरोपमा झिउईलाई पक्राउ गरेको जानकारी दिए। गत बिहीबार प्रहरीले बागमती प्रदेश–०१–०२८ च २६९७ नम्बरको स्कार्पियो गाडीको गियर बक्सबाट दुई किलो सुन बरामद गरेको थियो।

Inside Article Ads

त्यस क्रममा रसुवाबाट सुन लिएर काठमाडौं आउँदै गरेका रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २८ वर्षीय ग्यालछिरिङ तामाङ, २६ वर्षीय बिरू तामाङ र १९ वर्षीय सुनील भुजेल पक्राउ परेका थिए। उनीहरूकै सूचनाका आधारमा आइतबार चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताए। 

समाचार  नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.