Fast Nepal News

क्रान्तिकारी मोर्चा, नेपाल र नयाँ जनबादी मोर्चा, नेपालबिचपार्टी एकताका लागी सैद्धान्तिक छलफल सुरु

banner single news
२४ मंसिर,काठमाडौँ- क्रान्तिकारी मोर्चा, नेपाल र नयाँ जनबादी मोर्चा, नेपालबिच पार्टी एकता गर्न सैद्धान्तिक छलफल भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पाटी एकता गर्ने सम्बन्धी छलफल भएको हो । राजनैतिक तथा वैचारिक समानताको आधारमा पार्टी एक गर्ने निष्र्कसमा पुगेको छ ।
दुई पार्टी मिलेर राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्ति विरुद्ध लड्ने र एकताको विकल्प नदेखेको भन्दै दुई पार्टी मिल्ने भएका हुन् । आगामी क्रान्तिको यात्रा सँगै मिलेर लड्ने र सम्पूर्ण क्रान्तिकारी शक्तिहरु अब मिलेर अगाडी बढ्नुको विकल्प नरहेको क्रान्तिकारी मोर्चा नेपालका अध्यक्ष विष्णु खड्काले बताए । यि दुई मोर्चा तत्कालिन नेकपा (क्रान्तिकारी माओवादी) बाट छुट्टिएका मोर्चाहरु हुन् ।
Write to Anush Bc Shreejan
Inside Article Ads
Visited 51 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.