Fast Nepal News

वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भकासाथ नेपाल युवा सम्मेलन आजबाट शुरु

banner single news

काठमाडौं ।वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकास भन्ने मुल सन्दर्भका साथ नेपाल युवा सम्मेलन आजबाट काठमाण्डौंमा शुरु भएको छ । भोलीसम्म जारी रहने सम्मेलनको उद्घाटन वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र महतोले गर्नुभएको हो । सम्मेलनको उदघाटन गर्नुहुँदै मन्त्री डा. वीरेन्द्र महतोले कोप महासभामा नेपालले माग्ने भन्दा पनि आफनो अधिकार लिने गरि कुरा राखेको बताउनुहूँदै जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न युवाहरुको भूमिका महत्वपूर्ण हुने हुँदा युवाहरुलाई जलवायु परिवर्तनको असरलाई कम गर्न अभियानका कार्यक्रमहरु घर घरसम्म लैजान आग्रह समेत गर्नुभयो । सो अवसरमा मन्त्री महतोले युवा कालमा एउटासम्म भने पनि रुख रोप्न सबै युवाहरुलाई सुझाव दिनुहूँदै कालान्तरमा ऐतिहासिक उपलब्धी बन्ने गरि पर्यावरणिय स्वच्छताका लागि अहिलेदेखी नै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम माझ टिडिएचकी कन्ट्री कोअर्डिनेटर मोनी श्रेष्ठ राष्टिय युवा संजालका सल्लाहकार श्यामकृष्ण श्रेष्ठ र सिविसकी महासचिव अनिता पाण्डेले नेपालको पर्यावरणिय स्थिति बारे वर्णन गर्नुहुँदै वातावरणिय अधिकार, जलवायु कार्य तथा दिगो विकासका निम्ति युवाहरुको महत्वपूर्ण भूमिका रहने हुदाँ युवा केन्द्रित कार्यक्रम साथै यस्ता सम्मेलनहरु उपलब्धीमुलक रहने विश्वाु व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपालका अध्यक्ष सौरभ खनाल र वातावरणीय अधिकार संजालका संयोजक अध्यक्ष अमृत देवकोटा बोल्नुहुँदै युवाको प्रकृति प्रदत्त अधिकारलाई कालान्तरसम्म उपयोग गर्न सक्ने वातावरण कायम राख्न मन्त्री महतोलाई आग्रह गर्नुभयो ।

Inside Article Ads

कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर युवराज घिमिरे, प्रमोद आचार्य, केदार मगराती लगायतको उपस्थिती रहेको थियो ।

दिगो विकासका लागि राष्ट्रिय युवा संजाल नेपाल, वातावरणीय अधिकार संजाल, सिविस, डायनामिक युथ फोरम, टिडिएच जर्द्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा वातावरण, कृषि, भूगर्भ तथा खनिज, सामाजिक विकास आदी क्षेत्रबाट दप्रतिनिधित्व गर्दै देशका सातै प्रदेशबाट करिब ५० जना युवाहरु सहभागी रहेका छन् । उनीहरु बीच बुहद छलफल तथा विज्ञहरुकाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Visited 46 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.