Fast Nepal News

प्रधानमन्त्रीलाई नेपालको सुझाव– फित्ता काट्ने काम कम गर्नुस्

banner single news

२४ मंसिर,काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राज्य सञ्चालनका काममा केन्द्रित हुन आग्रह गरेका छन्।

समाजवादी प्रेस संगठन कास्की जिल्ला समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले घुमाउरो पारामा प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाए। नेपालले प्रधानमन्त्री दाहाललाई फित्ता काट्ने काम कम गर्न सुझाव दिएका छन्।

Inside Article Ads

‘प्रधानमन्त्रीको व्यस्ततालाई हामीले बुझ्दछौँ। त्यसका बाबजुद हामीले प्रधानमन्त्रीलाई भन्ने गरेका छौँ– आफ्नो समय बढी फित्ता काट्ने कुरामा लगाउने, अनावश्यक मानिसहरूको ताँतीलाई भेट्ने गर्नुभन्दा विषयमा केन्द्रित भएर राज्य सञ्चालनका कुरामा समय व्यवस्थापन गर्नुस्,’ उनले भने।

अध्यक्ष नेपालले देशको अर्थतन्त्र सहज नभएको भन्दै चित्त बुझाउने अवस्थामा समेत नरहेको जिकिर गरे। उनले भने, ‘अहिले देशको अर्थतन्त्रको अवस्था सहज छैन, यसलाई अलग–अलग ढंगले हेर्न र परिभाषित गर्ने गरिएको छ। तर, काम चलाउ छ भनेर चित्त बुझ्ने ठाउँ पनि देखिँदैन।’

समाचार  नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 38 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.