१३ मंसिर,काठमाडौं-निर्वाचन आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ।नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पाँचै जना पदाधिकारीले ७ दिनको पारिश्रमिक जम्मा गर्ने आजको बैठकले निर्णय गरेको हो ।
निर्वाचन आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयका कर्मचारीमध्ये सचिव र सहसचिवबाट तीन दिन, उपसचिव र शाखा अधिकृतबाट दुई दिन र त्योभन्दा मूनिका कर्मचारीबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले बताए।