
१२ मंसिर,काठमाडौं-काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार आयोजना एक कार्यक्रमका बिच सम्पन्न भएको छ।
होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको होउपहार योजनामा रसुवाका सन्तोष मोक्तानले ३ लाख ४० हजार मूल्य रहेको मोटरसाइकल उपहार जित्न सफल भएका छन्,।यसैगरी ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गर्न सफल भएका छन्,।
मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गर्ने भएको छ । मलका महाप्रबन्धक अमर निरौलाले उपहार विजेतालाई एक हप्ताभित्र कान्तिपुर मलको केन्द्रिय कार्यालय नयाँबसपार्कमा दावी गरिसक्न आग्रह गर्नुभएको छ।
कार्यक्रमा बोल्नुहुदैँ कान्तिपुर मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै महाप्रबन्धक निरौलाले आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खीरद गर्नसमेत ग्राहकलाई आग्रह गर्नुभएको छ।