१२ मंसिर,काठमाडौं-एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरुको सहभागिता हुने गरी यही मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र Asian Network for Free
Elections को संयुक्त आयोजनामा दुईदिने Asian Electoral Stakeholder Forum (AESF) को छैठौं
संस्करण आयोजना हुने भएको छ ।
सो सम्मेलनको उदघाटन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूबाट मंसिर २० गते र समापन माननीय परराष्ट्रमन्त्रीज्यूबाट मंसिर २१ गते हुने गरी तय भएको निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन्।
एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिहरु,
नागरिक समाज र निर्वाचनका विभिन्न आयामहरुमा कृयाशिल गैरनाफामुलक तथा प्राज्ञिक
संघसंस्थाका २०० जना भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने उक्त सम्मेलनको मुख्य नारा Building
Sustainable Democracies: Addressing Electoral Challenges and Opportunities रहेको छ ।
सो सम्मेलनमा नेपाललगायत अन्य मुलुकहरुका विज्ञ व्यक्तिहरुबाट ७ वटा विषयहरुमा केन्द्रित रही
२१ वटा कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ।