
१२ मंसिर,काठमाडौं-आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ । समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ।
अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ । बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल सरकार तथा सरोकारवाला र सुरक्षा निकायसंग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।
