२२ कात्तिक, काठमाडौँ-स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बोल्दैँ १६ वर्षदेखि पारित हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पारित भएको बताउनुभयो।
आफू स्वास्थ्यमन्त्री भएपछि ती सबै पास गरेर काम गर्ने वातावरण बनाएको बताँउदै उहाँले बाल मृत्युदर घटाउन स्वस्थ्य क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा राख्दैँ बच्चालाई कुपोषणबाट बचाउन गर्भदेखि नै हेरचाह गर्नुपर्नेमा जोड दिनुभयो।मन्त्री बस्नेतले समाजको तल्लो तह, दुर्गम बस्तीसम्म गएर गरेको सुआहारा कार्यक्रम परियोजनाका कार्यक्रमले सकरात्मक सन्देश दिइरहेको धारणा समेत व्यक्त गर्नुभयो।
जनताको सेवामा स्थापित स्थानीय पालिकाका स्वास्थ्य संस्थालाई आवश्यकपर्ने स्वास्थ्य उपकरण मन्त्रालयले प्राथमिकता दिएर उपलब्ध गराउने मन्त्री बस्नेतको भनाइ थियो । उनले स्वास्थ्य क्षेत्रमा थाहा नभएको र नजानेको काम विज्ञसँग सिक्नुपर्ने भन्दै मन्त्रालयले एक दिनमा कम्तीमा एउटा मात्रै भए पनि राम्रो काम गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहले सुआहारा परियोजना स्वास्थ्य क्षेत्रको एक सफल कार्यक्रम भएको बताए । यो परियोजनाले तीन सय ८० भन्दाबढी स्थानीय तहका नागरिकको घरदैलोमा पुगेर जनस्वास्थ्यको विषयमा सचेत गराउन सकेको बताउँदै उनले सरकार र नागरिकलाई जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्वास्थमन्त्रीको धारणा रहेको थियो ।