
१६ कार्तिक,काठमाडौँ —सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भएको कैद सजाय मिनाहको निर्णय बदर गरेको छ ।
सर्वोच्च अदालतले गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई तत्काल पक्राउ गरेर बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको हो।
