Fast Nepal News

अग्रीम टिकट बुकिङ खुलासँगै नयाँबसपार्कको कान्तिपुर मलमा ग्राहकको घुईँचो

banner single news

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कमा चाडपर्वका लागि अग्रीम टिकट बुकिङ खुला गरेसँगै कान्तिपुर मलमा सामान किन्न ग्राहकको घुईँचो लागेको छ । विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित उक्त मलले प्रत्येक वर्षजस्तै यसवर्ष पनि उपहार योजना सार्वजनिक गरेसँगै घुईँचो लागेको हो । मलले नेपालीहरुको महान् पर्व विजयादशमी शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरी ‘कान्तिपुर मल दशैँ तिहार महोत्सव उपहार योजना–२०८०’ सञ्चालन गरेको हो ।

नयाँबसपार्क नेपालभरका सडकमार्गबाट काठमाडौँ भित्रिने तथा बाहिरीने यात्रुको पहिलो गन्तव्यस्थल समेत हो । उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा दैनिक ५०० भन्दा बढी सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । मलका महाप्रबन्धक अमर निरौला मलमा ग्राहकले रोजेजस्तै, खोजेजस्तै गुणस्तरीय सामान सुपथ मूल्यमा विक्रिवितरण गरेकाले पनि ग्राहकको आकर्षणको केन्द्र बनेको बताउँछन् । “हामीले विस २०६४ सालदेखि कान्तिपुर मलमा बडादशैँ, शुभदिपावली तथा छठ पर्वको अवसरमा उपहार योजना निरन्तर रुपमा सञ्चालन गर्दै आएका छौँ,”– उनी भन्छन् । ग्राहकले रु १००० भन्दा बढी मूल्यको सामाग्री कान्तिपुर मलमा खरिद गर्दा एकवटा उपहार कुपन सित्तैमा पाउने र लक्की ड्रमार्फत विभिन्न मोटरसाइकलदेखि टिभीसम्म पुरस्कार पाउने व्यवस्था मिलाइएको महाप्रबन्धक निरौला बताउँछन् ।

Inside Article Ads

उक्त मलले उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।

Visited 80 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.