Fast Nepal News

साँगे काठमाण्डौ सम्पर्क समाजद्वारा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

banner single news

काठमाण्डौं । तनहुँ साँगे थातथलो भई काठमाण्डौमा बसोबास गर्नुहुनेहरुको साझा संस्था साँगे काठमाण्डौ सम्पर्क समाजले विजया दशमी र आउदै गरेको दिपावली, नेपाल संवत एवं छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । समाजद्वारा घटस्थापनाको दिन बसुन्धरा स्थित क्याफे डि नाईट बर्ड मा आयोजित उक्त कार्यक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो । समाजका अध्यक्ष रामनाथ पंडितको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा अर्थविद एवम् पूर्व क्याम्पस प्रमुख भोजराज ओझा, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, पूर्व न्यायधिस एवं अख्तियार दुरुपयोग अनुसन्धान आयुक्त कृष्णबल्लभ काफ्ले, नेपाल प्रहरीका पूर्व एसएसपि हरि राज वाग्ले, साबिक श्याम्घा गाविसका अध्यक्ष किरण भण्डारी,बरिष्ठ इन्जिनियर ठाकुर प्रसाद पंडित, अधिवक्ता डा। अवतार न्यौपाने, मनबल्लभ वाग्ले, बालवती (बाला)शर्मा, चन्द्रा न्यौपाने लगायतले संबोधन गर्नुहुँदै समाज गठन भई विविध कार्यक्रम आयोजना हुँदै आएकामा खुसी व्यक्त गर्नुभयो भने सहभागी प्रायले आफनो परिचयसँगै साँगेमा बिताएका विगतसहित शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममाझ समाजले स्मारिका प्रकाशन गर्ने निर्णय गर्यो भने युवा व्यवसायी बालदीवस पंडितले उक्त स्मारिका प्रकाशनार्थ नगद २५ हजार सहयोगको घोषणा गर्नुभयो । सो अवसरमा सुरेन्द्र वाग्लेको संयोजकत्वमा स्मारिका प्रकाशन समिति साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।

Inside Article Ads

(स्रोत:राज्य दैनिक)

Visited 105 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.