Fast Nepal News

एनआरएनए अभियन्ता रोबिन प्रसाद शेरचनको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भव्य स्वागत

banner single news

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको ११औं महाधिवेशनका लागि मंगलबार काठमाडौ आईपुगेका रोबिन प्रसाद शेरचनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई द भ्वाईस अफ नेपालका संन्चालक तथा निर्माता शुसिल नेपालले बिमानस्थलमा फुलमालाले अभिन्दन गर्दै स्वागत गरेका थिए । स्वागतका क्रममा सोसल मिडियामा चर्चामा रहेका पुण्य गौतमले शेरचनले उपाध्यक्ष पदमा जित हासिल गर्ने बताए ।

त्यस्तै अन्य शुभेच्छुकहरुले शुभकामना तथा खादा मालासहित शेरचनप्रति सम्मान प्रकट गर्दै स्वागत गरे । उनको स्वागतका क्रममा जापानका व्यवसायीहरू विजय थकाली, प्रकाशघिमिरे, माईकल गौचन, कुमार कार्की, लक्ष्मी गुरूगं लगायतका व्यवसायीहरू, महादिवेशन प्रतिनिधीहरू, सामाजिक अभियन्ता, कलाकार आदीकोे उपस्थित थिए ।

Inside Article Ads

शेरचन जापानबाट मध्यपूर्ब भ्रमण सकाएर मलेसियाहुँदै काठमाडौं उत्रिएका हुन् । उनले एनआरएनएको ११औं महाधिवेशनका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Visited 94 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.