Fast Nepal News

आङदामीको निधन शंकास्पद’:-नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समिति

banner single news
२२ असोज,सोलुखुम्बु-नेपाली कांग्रेस सोलु तिङला काठमाडौं संपर्क समितिले काठमाडौं पैयाटारमा बस्दै आएका आङदामी शेर्पाको निधन शंकास्पद रहेको जनाएको छ । समितिले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै समितिका सहसचिव समेत रहेका शेर्पाको असमायिक निधनले मर्माहत भएको उल्लेख गरेको छ ।
शंकास्पद रहेको व्यहोरासहित गम्भिर ध्यानकर्षण भएको जनाउदै समितिले सम्बन्धित निकायलाई उचित तथा निष्पक्ष छानबिनको लागि आग्रह गरेको छ । समितिद्धारा जारी विज्ञप्तीमा भनिएको छ ‘युको घटना शंकास्पद रहेको हुँदा हाम्रो यस समिति परिवार घोर आपत्ति जनाउदै सम्बन्धित निकायलाई उचित तथा निष्पक्ष छानबिन गरि सत्यतथ्य पत्ता लगाउनको लागि गम्भिर ध्यानकर्षण गर्दछौं’ । समितिले मृतकको आत्माको चिर शान्तीको कामनासहित श्रद्धान्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ ।
आङदामी शेर्पाको निधनको विषयलाई लिएर विभिन्न सरोकारवालाहरुले आवश्यक कार्वाहीका लागि अनुरोध समेत गरेका छन् । त्यसो त असोज १२ गते तिङला शेर्पा केतुकले पनि घटना शंकास्पद रहेको जनाउदै सकारात्मक छानबिनका लागि प्रहरी प्रशासनमा निवेदन दिएको थियो । शेर्पा सोलुखुम्बु स्थित दुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङला मुडेबासी थिए ।
Inside Article Ads
Visited 24 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.