
नेपाल बिधुत प्राधिकरण लाहान बितरण केन्द्रका प्रमुख हिमांशु कुमार यादवको लापरबाहिका कारण सेवा ग्राहिहरुले सास्थी भोग्नु परेको छ । लाहान बितरण केन्द्रमा सेवाग्रहिहरु सेवा लिन आउदा कार्यलयमा कार्यलय प्रमुख नभेटिए पछि मिटर जडानमा समस्या उत्पन्न भएको छ ।
सोमबार संचारकर्मी रिपोटिङमा कार्यलय पुग्दा सेवाग्राही र प्रमुख विच घम्साघम्सी भएको थियो । कार्यलयमा कार्यलय प्रमुखले सेवाग्राही र संचारकर्मीलाई समेत अभद्र ब्यावहार गरेका छन ।
एक महिना सम्म कार्यलय धाउदा अफिस समयमा कार्यलय प्रमुख नभेटिने गरेको सेवाग्राहीहरुले बताउने गरेका छन । जस्का कारण सेवाग्रहीहरुले सास्थी खेप्नु परेको छ भने किसान र समुदायले विधुत नपाउदा दैनिकी दिन प्रतिदिन कष्टकर बन्दै गएको छ ।
कार्यलयमा महिनै दिन सम्म प्रमुख नभेटिदा स्थानियले संचारकर्मीलाई खवर गरेका थिए । संचारकर्मीले सोमबार कार्यलयमा सेवाग्राहीको समस्या राख्दा उनि तर्किएर भागेका छन । कार्यलय प्रमुखले सेवाग्राहीले आफ्ना समस्याहरु राख्दा गैर जिम्मेवारी अभिब्याक्ति दिएका छन । सेवाग्राहीको समस्या भन्दा बाहिरी काममा ब्यास्त हुने कार्यलय प्रमुख विभिन्न बाहाना बनाई पन्सिएका छन । लाहान वितरणकेन्द्रमा सेवाग्राहीले लामो समयदेखी सास्ती भोग्नु परेको स्थानियले बताएका छन ।
