
स्वतः ट्राभल्स एण्ड एडभेन्चर र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका पर्यटकहरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन ।
बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् ।
पर्यटकहरु कम उचाइमा धेरै दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित रहेको श्रेष्ठले बताए ।
आगामी दिनमा यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उदेश्यले विभिन्न पर्यटकिय ट्रेलहरुको निर्माण गर्न स्थानीय र व्यवसायी मिलेर अगाडी बढ्ने श्रेष्ठले बताए ।
https://docs.google.com/document/d/17VnfQvq3NRmFJuvFMfaWs6C-4U2nBapuZpeMTkSf3x0/edit?fbclid=IwAR1THGg6ei_uQVBpOVHaEHupGYwWRbWwNcPwVURZvBO00CekNFK1KR5DmoY
https://l.facebook.com/l.php?u=https%3A%2F%2Fdocs.google.com%2Fdocument%2Fd%2F1Y15Q_93wGVp-JEaiNcE8EJyrcuM2HbR6eE0eZTYHucQ%2Fedit%3Ffbclid%3DIwAR1gnnoup6OwtlJktp4-ihmLG4ZkMOeCgf7HhmFU6KAJg_JcjYr2L9HYAtU&h=AT1V4Hcy3WsN6JFR64EyZ28gAE7-a1tt7vd85GzsoF0yKP64WaCrd_eLT2m_1FNutqs-G2ziZ_Vwso9x809G14lKu9daVAfOUQo-FDd5DbmBXT_JTl1VisyNx8knZtm6fE1RafHSYtNem8-_1xqbVg