Fast Nepal News

मानिस र संस्कृति केन्द्रित मिलेनियम होमस्टे ट्रेकमा रमाए पर्यटक

banner single news

तनहुँ । स्वत: ट्राभल्स एण्ड एडभेन्चर प्रा.लि. र होमस्टे ट्रेकले विकास गरेको मानिस र संस्कृति केन्द्रित पदयात्रा मिलेनियम होमस्टे ट्रेक अन्तर्गत युरोपेली र एसियाली मुलुकका हरु तनहुँ र स्याङ्जाका ग्रामीण बस्तीमा रमाएका छन् । मिलेनियम होमस्टे ट्रेक अन्तर्गत दुलेगौंडा, भुजीकोट, घरेडी, कोल्माकोट, पोखरासम्मको पदयात्राका लागि नेपाल आएका ९ विदेशी पर्यटकहरु पदयात्रासहित होम स्टेको आथित्य सत्कारबाट रमाएका हुन । बेलायत र मलेसियाली नागरिकहरु सम्मिलित उक्त टोलीले ५ दिनमा पदयात्रा पुरा गर्ने होम स्टे ट्रेक नेपाल एवं स्वत ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

मानिस र संस्कृति केन्द्रित ट्रेकिङको अवधारणा बोकेको मिलेनियम होमस्टे ट्रेक अन्तर्गत समुद्र सतहबाट ४२० मिटर उचाइ देखी उच्चतम उचाइ १७०९ मिटरसम्मको यात्रा उनीहरुले गरेका छन् । पर्यटकहरु कम उचाइमा बहु दिनको पैदल यात्रा, अर्गानिक र स्थानीय रूपमा उत्पादित व्यञ्जनहरू, विभिन्न गाउँको भ्रमण, स्थानीय संस्कृतिको अवलोकन र स्थानीय मानिसहरूबाट न्यानो आतिथ्यताबाट प्रफुल्लित बनेका देखिन्थे । यात्रा भोली पोखरा पुगेर टुङिने श्रेष्ठ बताउनुहुन्छ ।

Inside Article Ads

Visited 42 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.