Fast Nepal News

राष्ट्रिय उपभोक्ता मंचले मनायो १८ औं स्थापना दिवस

banner single news

राष्ट्रिय उपभोक्ता मंचको १८ औं साधारण सभा एवं स्थापना दिवस समारोह सम्पन्न
काठमाण्डौं । राष्ट्रिय उपभोक्ता मंचले आफनो १८ औं साधारण सभासहित स्थापना दिवस मनाएको छ । मंचले आश्विन १४ गते, आइतबार पुल्चोक स्थित याक पार्टी प्यालेसमा आफनो १८ औं साधारण सभासहित स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ताको स्वास्थ्यसँग सरोकारित सवालमा मंच गम्भिर रहदै आएको उल्लेख गर्नुहुँदै राजनीतिक पहुँचका आधारमा केही व्यवसायीले अवैध रुपमा कारोबार गर्दै आएकाको अनुचित व्यापारिक कृयाकलापलाई नियन्त्रण गर्न सरकार चुकिरहेको बताउनुभयो । चाडबाड नजिकिदै जाँदा उपभोक्ताहरु ठगिने क्रम अझ बढदै गएकाले यस्ता गतिविधि नियन्त्रणमा सरकार गम्भिर बन्न आवश्यक रहेको समेत उहाँले औल्याउनु भयो । साथै उहाँले आयल निगमले एलपि ग्यास लगायत ईन्धनको मूल्यबृद्धि गरेकामा रोष व्यक्त गर्नुहुँदै यसले सरकार स्वयंलाई अलोकप्रिय बनाई हानी गर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले नीति बनाउने बेलामा निजी क्षेत्रका संस्थाका प्रतिनिधि सहभागी गराउनुपर्नेमा निजी स्वार्थ बोकेका व्यवसायीहरुलाई सहभागी गराउने गरिएकाले महंगी लगायतका समस्या बढदै गएको बताउनुहुँदै राष्ट्रिय उपभोक्ता मंच जस्ता अधिकारमुखी संस्थाले यस्ता क्रियाकलापका विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनु भयो । साथै उहाँले अनुगमनको नाममा व्यवसायीलाई आतंकित गराउने कार्य बन्द नगर्ने हो भने व्यवसायीहरुको मनोबल उकासिन नसक्ने र आर्थिक गतिविधि ठप्प हुनसक्ने खतरा बढ्ने उल्लेख गर्नुभयो ।

काठमाण्डौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्रिय उपभेक्ता मंचले उपभोक्ता हितमा काम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुहुँदै मुल्यबृद्धि हुँदै आएको प्रति चिन्ता लिनुपर्नेमा सरकार गम्भिर नभएको आरोप लगाउनुभयो ।

Inside Article Ads

त्यसैगरि ललितपुर महानगरपालिकाकी उप्रप्रमुख मंजली शाक्य एवं सुर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमसिना भट्टराईले बजारलाई व्यवस्थित तुल्याउने दायित्व स्थानिय सरकारको समेत रहेकाले सु व्यवस्थाका निम्ति आफूहरुले आवश्यक कदम चाल्दै आएको बताउनुभयो ।

सो अवसरमा प्रतिनिधि सभा सदस्यत्रय लिला बोखिम, रेखा यादव र रमा कोईरालाले सभालाई संबोधन गर्नुहुँदै बजारमा हुने विकृति चुनौतीका रुपमा रहेको उल्लेख गर्नुहुँदै अवान्छित गतिविधिलाई रोक्न सरकारसँगै उपभोक्ता अधिकारकर्मी, संचारकर्मीको भूमिका महत्वपूर्ण रहने धारणा राख्नुभयो ।

सोही कार्यक्रममाझ सूर्यबिनायक नगरपालिका, गोरखापत्र दैनिककी सीता शर्मा, न्यूज़ २४ टेलिविजनका नवराज चालीसे, कैलाली जिल्ला अध्यक्ष हरि रेग्मी, कावासोतिका नगर अध्यक्ष शतीस राईलाई सम्मान गरियो भने मञ्च को सल्लाहकार एवं नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्रा। डा। दिलीप सुब्बालाई बिशेष सम्मान गरियो ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.