Fast Nepal News

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

banner single news

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाईना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।
पुर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभयो । चिनियाँ निजी क्षेत्रसंग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे समेत चेम्बरले उच्चस्तरिय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्र्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अ्रध्यक्ष मल्लले बताउनुभयो ।

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गर्नुभएको थियो । अध्यक्ष मल्लले भन्नुभयो, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’ सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपुर्ण हुने उहाँको भनाई छ ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पुर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
नेपाल चाईना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलन सम्बन्धी सहमति महत्वपुर्ण भएको बताउनुभयो । नेपालमा पुर्वाधार विकास, पर्यटन, जल विद्युत लगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

Inside Article Ads

सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्ल सहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.