
३ असोज, कटारी। संविधान दिवसको अवसर पारेर कटारी नगरपालिकाले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा कार्यक्रम गरेको छ ।
कटारी नगरपालिको आयोजना तथा कटारी नगर अस्पतालको सहयोगमा नगरले गरेको शिविरमा करिब १ सय ८० जना स्थानिय विरामीहरु लाभान्वित भएको नगर अस्पतालका निमित्त मेडिकस सुपरिटेन्डेन्ट डा. गौरब शाहले जानकारी दिएका छन्। सेवा लिनेमा अधकिांश ज्वरो, पखाला, तथा दुर्घटनामा परेको विरामीहरुको संख्या बढि रहेको अस्पताल प्रशासनले जनाएको छ।
जनताको स्वास्थ्य हाम्रो जिम्मेवारी भन्न्े मुल नाराका साथ आयोजित स्वास्थ्य सेवा कार्यक्रममा ओपिडी शुल्क देखी लिएर आवश्यक चिकित्सक परार्मश, ल्याब परिक्षण, इसिजि, भिडियो एक्रे लगायतका सेवा हरु कटारी नगरपालिकाको निर्णयअनुसार निःशुल्क गरिएको र यो कार्यक्रमले विशेषतह गरिव विपन्न वर्गमा साथै आकस्मिक विरामीको हकमा निकै प्रभावकारि देखीएको कटारी नगरपालिकाका नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले बताएका छन् ।
संविधान दिवसको दिन २४ घण्टाका लागि निःशुल्क आकस्मिक सेवा उपलब्ध गराएको र हाल मौसकका कारण वढेको विरामीहरुमा यो सेवाले केहि राहत पु¥याउनेमा विश्वस्त रहेको कटारी वडा नं ४ का वडा अध्यक्ष भुपेन्द्र तामाङ्गले बताएका छन् ।
संविधान सभाका दिन विदा रहेता पनि आकस्मिक सेवालाई मध्यनजर गरि यो निःशुल्क स्वास्थ्य सिविर संचालन गरिएको जसले एका तर्फ कटारी नगर अस्पतालको सेवा सुविधाका बारेमा स्थानियमा थप प्रचार प्रसार भएको साथै यो सिविरबाट लाभिान्वित हुने स्थानियहरु सन्तुष्ट रहेको कटारी नगर अस्पतालका संचालक समिति सदस्य पवन श्रेष्ठले जानकारी दिए ।
आकास्मिक सेवा भनिएता पनि अस्पतालमा आईपुगेका सम्पुर्ण बिरामी लाई निसुल्क स्वास्थ्य सेवा दिईएको र अस्पतालमा आजको दिन पनि सबै खाले बिरामी र दिर्ग रोगी हरु को समेत भिड लागेको थियो सदस्य श्रेष्ठले बताए साथै यश निसुल्क सेवा प्रदान गराए बापत को कटारी अस्पताल बाट लागेको खर्च कटारी नगर ले परिपुर्ति गर्ने गरि सेवा प्रदान गराईएको कटारी नगरप्रमुख को सचिवालय ले जनाएको छ।