Fast Nepal News

चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण

banner single news

काठमाडौं । चार पार्टीका युवा संगठनले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको ध्यानाकर्षण गराएका छन् ।मंगलबार घिसिङको कार्यकक्षमा पुगी वाईसिल नेपाल केन्द्रीय अध्यक्ष सुबोधराज सेर्पाली, युवा संगठन नेपाल संयोजक पाटन सी, समाजवादी युवा संघ नेपाल अध्यक्ष कुमार यादव र युवा संघ नेपाल संयोजक कुमार बिश्वकर्माले संयुक्त रुपमा उनको ध्यानाकर्षण गराएका हुन । उनीहरुले आफना मागहरुलाई नौ बुँदामा समेटेका छन् ।

राष्ट्रको पहिचान बनाउन सफल सबै युवा खेलाडीलाई हालसम्म सरकारको तर्फबाट सबै बिधाका खेलाडीका लागि घोषित सबैखाले आर्थिक तथा अन्य सुबिधायुक्त घोषणाहरू तत्काल उपलब्ध गराउन उनीहरुले जोडदार रुपमा माग अघि सारेका छन् । त्यसैगरि सक्रिय खेल जिवनबाट विदाइ भएपश्चात खेल क्षेत्रमै काम गर्ने वातावरणको व्यवस्था मिलाउन राष्ट्रिय खेलकुद परिषदलाइ ध्यानाकर्षण गराउँन चाहेको उनीहरुले उल्लेख गरेका छन् । खेलाडीलाई आश्वासन नभई प्रोत्साहन गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा चार युवा संगठनहरुले जोड दिएका छन् ।

त्यस्तै देशको ठूलो संभावना बोकेको क्रिकेट खेलको विकास र बिस्तारका लागि आगामी आर्थिक बर्षको बजेटमा व्यवस्था हुने गरि ७ प्रदेशमा कम्तिमा ७ वटा प्रदेश स्तरीय रंगशाला निर्माण र संभावनायुक्त अन्य ठाउँमा क्रिकेट रंगशाला विस्तार गर्न अविलम्ब पहल गर्न समेत उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

Inside Article Ads

Visited 31 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.