Fast Nepal News

सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा

उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने

banner single news

२६ भदौ,काठमाडौँ-नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ललितपुरको च्यासलमा लगिएको छ ।

पार्टी कार्यालयमा पुगेर सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Inside Article Ads

उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बिहान आकस्मिक रूपमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.