Fast Nepal News

विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्न नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहने प्रधानमन्त्रीको विश्वास

चीन भ्रमण फलदायी र प्रभावकारी हुने

banner single news

२४ भदौ,काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका विषयमा उच्च राजनीतिक दलमा छलफल गर्नुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार आज आयोजित छलफलमा प्रधानमन्त्री प्रचण्डले भ्रमणबारेमा जानकारी गराउँदै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

बैठकमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतका राजनीतिक नेताहरू हुनुहुन्थ्यो । छलफलमा नेताहरूले छिमेकीसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुवै देशले एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्नेलगायतका विषयमा ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो ।

Inside Article Ads

छलफलमा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईंले जुन सुझाव दिनुभएको छ ।

प्राप्त सुझाव महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमण फलदायी र प्रभावकारी हुन्छ ।”सरकारले दुवै छिमेकीका साथै विश्वसमुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्ट्याउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताउनुभयो ।

 

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.