
मेष राशि( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ ।
वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला ।
मिथुन राशि( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज तपाइको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ ।
कर्कट राशि( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाइको धनलाभको योग छ, नया साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ ।
सिंह राशि( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाकाम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला ।
कन्या राशि( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला ।
तुला राशि( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला ।
वृश्चिक राशि( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, बैदेशिक क्षेत्रको लगानी फाइदै होला ।
धनु राशि( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जागर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै संग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ ।
मकर राशि( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसंग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला ।
कुम्भ राशि( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला ।
मीन राशि( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोवार हुनेछ । वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।`
