Fast Nepal News

भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छुः प्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो।

banner single news
२१ भदौ,काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीहरूको हितरक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको छ।
मंगलबार दिउँसो भूतपूर्व गोरखा सैनिकहरूको ‘‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ब्रिटिस सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलव, सेवा सुविधा, पेन्सन लगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो ‘‘गेसो’’को मात्र नभएर सिंगो नेपाल र नेपाल सरकारको सरोकार र दायित्व भएको भन्दै त्यसको पक्षमा आफूले पहल लिने बताउनुभएको हो।
Inside Article Ads
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘भूतपूर्व गोरखा सैनिकहरूको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्ने मुद्दा नभएर दुईदेशीय एवं बहुपक्षीय रूपमा उठाउनुपर्ने र सम्बोधन गर्नुपर्ने मुद्दा हो। विश्वभरि रहेका नेपालीहरूको हकहितका निम्ति राज्यले यस्ता मुद्दाहरू अन्तर्राष्ट्रिय फोरमहरूमा उठाउनुपर्छ र त्यसमार्फत् सम्बोधन गर्नुपर्छ भन्नेमा म प्रष्ट छु।
चाहे खाडी लगायत विभिन्न मुलुकमा रहेका नेपाली कामदारहरूको सवाल होस्, चाहे भूतपूर्व गोर्खा लगायत विश्वभरि विभिन्न मुलुकमा कार्यरत नेपालीहरूको कुरा होस्, चाहे जलवायु परिवर्तनका कारण नेपालले सामना गर्न परिरहेको बहुआयमिक असरको विषय होस्, यसबारे हामीले अन्तर्राष्ट्रिय मञ्चमा कुटनीतिक माध्यमबाटै समाधान खोज्नुपर्दछ।’’
Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.