Fast Nepal News

एनआरएनए कोषाध्यक्ष सुनिल साहद्वारा जन्मदिनको अवसरमा उपाध्यक्षमा उम्मेदवारी घोषणा

banner single news

२१ भदौ,काठमाडौँ-युएसए,गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा अमेरिकाबाट आईसिसि कोषाध्यक्ष सुनिल साहले सोमबार आफ्नो जन्मदिनको अवसर पारेर उम्मेदवारी घोषणा गरेका छन । साहले संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । उनी लामो समयदेखि गैर आवासीय नेपालीका हक अधिकारका लागि सक्रिय रहेका अभियन्ता हुन । साह एनसीसी अमेरिकाको पुर्व अध्यक्ष र बर्तमान आईसिसि कोषाध्यक्ष हुन ।

लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएका साहले अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, शिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धिका लागी प्रयोग गर्ने बताएका छन । उनले आफूले बटुलेको अनुभव र सिपलाई एनआरएनए अभियानमा प्रयोग गर्न केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने उद्देश्य राखेको बताएका छन । सबै गैर आवासीय नेपालीहरु र अभियन्ताहरु सँगको सल्लाह र सुझावका आधारमा आफ्नो जन्मदिनको अवसर पारेर उपाध्यक्षमा उम्मेदवारी दिएको र सबैबाट साथ,सहयोगको आशा राखेको साहले बताए ।

उनले आफू यस अभियानमा केही लिन नभई दिन आएकाले आफ्नो अभियानलाई साथ दिन सम्पुर्ण गैर आवासीय नेपालीलाई आग्रह गरे ।

एनआरएनए उपाध्यक्षका उम्मेदवार साहद्वारा जारी बिज्ञप्ती :

Inside Article Ads

गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा निरन्तर सहभागी भई गैर आवासीय नेपालीको आवश्यकताको मुद्दालाई सम्बोधन गराउने यो अभियानलाई सधैं साथ, सहयोग, समर्थन गर्दै आउनु भएका विश्वभर रहनुभएका अग्रज एनआरएनए अभियन्ता ,एनआरएनए कर्मी तथा तमाम एनआरएनहरू सँगको सर-सल्लाह र सुझावको उच्च सम्मान गर्दै, आसन्न गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचनमा उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने निर्णयमा पुगेको यहाँहरूमा अनुरोध गर्दछु, सधैं झै यहाँहरूबाट साथ रहनेछ भन्नेमा विश्वस्त रहेको छु । हामी एनआरएनए स्थापनादेखि उठाउँदैं आएको माग र लिएको लक्षित गन्तव्य नजिक छौं, यस महा-अभियानलाई हामी थप उर्जाका साथ टुङ्गोमा पुर्याउनेछौं । नेपाली नागरिकताको निरन्तरता नैं हाम्रो प्रमुख माग हो । एनआरएनए महा-अभियानमा राष्ट्रिय समन्वय परिषद ,अमेरिकाको अध्यक्ष देखि अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष रहँदैं हजुरहरुसँगै रहेको छु, उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय सहीत यात्रा निरन्तर रहेको जानकारी गराउदछु ।

तपाईहरूकैं, सुनील साह कोषाध्यक्ष गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.