
१८ भदौ,काठमाडौँ-काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले नेपालमा एउटा भाउजुलाई केही भएर सरकार गिर्ने र अर्को भाउजुलाई केही भए सिंहदरबार जल्ने अवस्था रहेको सांसद डा.अमरेश कुमार सिंहले व्यङ्ग्य गरेका छन् ।व्यङ्ग्य गर्दै ‘इतिहासमा प्रेमिकाको लागि ताज महल बनेको र हाम्रो नेपालमा पनि प्रताप मल्लले रानीलाई खुसी पार्नका लागि रानी पोखरी बनाएको ईतिहास जीवन्त रहेको समेत तर्क गरेका छन् ।
सरकारको विभिन्न तहमा नेतृत्व गरेका प्रमुख व्यक्तिहरुमा यता पनि के सुनिन्छ भने एउटा भाउजुलाई केही भयो भने सरकार गिर्छ । अर्को भाउजुलाई केही भयो भने सिंहदरबार जल्छ,’– भन्दैँ गरेको व्यङ्ग्यले आजको प्रतिनिधिसभा रोचक बनेको छ।
