
१२ भदौ,काठमाडौँ-भदौ १३ गतेदेखि अमेरिकाको सहयोगी परियोजना कार्यान्वयन भएपछि एमसीसीका उपाध्यक्ष एलिस अलब्राइट नेतृत्वको एक टिम काठमाडौंमा आइपुगेका छन् ।
नेपालले एमसीसी कार्यान्वयनको थालनी गर्ने तयारी गरेसँगै अमेरिकाबाट उच्चस्तरीय भ्रमण भएको छ । एमसीसी परियोजना यहि महिनाबाट कार्यान्वयन गर्ने तयारी सुरु भएसँगै कार्यान्वयन थालनी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएको छ ।त्यसका लागि अमेरिकी उच्च अधिकारीहरु नेपाल भ्रमणमा आएका बताइएको छ । एमसीसी प्रमुख अलब्राइटको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ।
