Fast Nepal News

काठमाडौँको मुटु गँगबु बसपार्क क्षेत्रको सडक अस्तव्यस्त

दैनिक आवतजावतमा असर पर्दा स्थानीयहरुमा नैराश्यता बढ्दै 

banner single news

प्रकाश कपाली -संवाददाता/प्रविन पौडेल- फोटो पत्रकार

११ भदौ,काठमाडौँ-काठमाडौ छिर्ने मुख्य नाका गँगबु बसपार्क क्षेत्रको सडक अहिले निकै अस्तव्यस्त बनेको छ।बर्खाको कारण सडकमा खाल्डाखुल्डी पर्ने समस्याले दैनिक आवतजावतमा असर परेको छ। त्यसका साथै स्वास्थमा पर्नेअसर त छदैँछ।दैनिक आवतजावतमा असर पर्दा स्थानीयहरुमा नैराश्यता बढ्दै गइरहेको छ।

Inside Article Ads

सडक क्षेत्रमा व्यापार गर्ने ब्यबसायीहरु मर्कामा परेका छन्।सडकमा यात्रा गर्ने यात्रुहरु समस्याको सिकार बन्न पुगेका छन्।सडक निमार्ण गर्ने निमार्ण व्यबसायीहरुले आफ्नो जिम्मेवारी पालना नगर्दा सडकको दुरवस्था जस्तोको त्यस्तै रहेको छ।स्थानीय र यात्रुको समस्यालाई बुझेर निर्माण व्यसायी र स्थानीय निकायले सडकको दुरवस्था अन्त्य गरी सडक निमार्ण गर्ने विषयतर्फ ध्यान दिनु अति नै आवश्यक देखिन्छ।

Visited 104 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.