Fast Nepal News

जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको प्रधानमन्त्री प्रचण्डको भनाई

आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुहुरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई जनगायकको उपाधि दिएको प्रधानमन्त्री प्रचण्डको भनाई

banner single news
११ भदौ,काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जेबी टुहुरे क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ।
आइतबार दिउँसो जनगायक जेबी टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘‘जनबोलीका अविश्रान्त गायक’’को लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुहुरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई जनगायकको उपाधि दिएको बताउनुभएको हो।
Inside Article Ads
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘जेबी टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनताका पीरमर्का, दुखव्यथा, सामन्ती एकात्मक पितृसत्तात्मक सत्ताले जनतामाथि गरेको उत्पीडन र त्यसका विरूद्ध विद्रोहचेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो।
बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिंगो जीवन उर्जाले भरिएको छ, सकारात्मक जीवनशक्तिद्वारा ओतप्रोत छ, जनताको मुक्ति र परिवर्तनको दृढ आकांक्षाले भरिपूर्ण छ भन्ने तथ्य उहाँका सिर्जना, जीवन र कर्मले प्रमाणित गर्दछ। नेपालको वाम लोकतान्त्रिक राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पु¥याउनुभएको विशिष्ट योगदानकै कारण भर्खरै बसेको मन्त्रिपरिषदको बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको छ।’’
Visited 56 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.