Fast Nepal News

दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते

दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।

banner single news

५ भदौ,पूर्वी नवलपरासी-महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको रात्रिबस आज बिहान सवा ४ बजे दुम्कीबासमा दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर छ । उनीहरु दुई जनासहित कावासोतीमा उपचार हुन नसकेका १२ जनालाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।
Inside Article Ads

धनगढीबाट काठमाडौं जाँदै गरेको ०१ ००१ ख २९८६ नम्बरको रात्रिबस दाउन्नेको घ्युखोलामा पल्टिएको हो । ब्रेक फेल भएका कारण बस पल्टिएको प्रहरीले जनाएको छ ।

एक बच्चासहित अर्का एक पुरुष गम्भीर घाइते भएका हुन् । दुम्कीबास प्रहरीका अनुसार गम्भीर घाइते हुनेमा धनगढीका ४९ वर्षका मित्रसिंह खड्का र ६ वर्षकी रश्मी दर्लामी मगर रहेका छन् । अन्यको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.