Fast Nepal News

कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड

banner single news

काठमाडौं, मंसिर १९ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनुभएको छ । कोरोन भाइरस सम्बन्धी संयुक्त राष्ट्रसंघको ३१ औं विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताउनु भएको हो ।

कोरोना विरुद्धको खोप विश्वका सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनुपर्ने भन्दै उहाँले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनुपर्ने बताउनुभएको छ ।साथै उहाँले महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको भन्दै संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्र संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी समेत गराउनु भएको छ । उहाँले भाइरसको नियन्त्रणका लागि उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेको जानकारी गराउनुभएको छ ।

Inside Article Ads

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको, संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको बताउनुभयो ।

महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नुअघि उहाँको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव र कोरोना विरुद्ध चालेका कदमहरु सुनाएका थिए

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.