Fast Nepal News

सुमार्ग जीवनयोग प्रयोगशालाको आयोजनामा दियालो फुडल्याण्डमा तनाव विसर्जन कार्यशाला सम्पन्न

ध्यानको माध्यमबाट मानव जीवनमा आईपर्ने तनावलाई निमूर्ल गर्ने र मानव जीवनलाई खुसीँ र सुखी बनाउने समेत सहभागीहरुको धारणा

banner single news

३ भदौ,काठमाडौँ-सुमार्ग जीवनयोग प्रयोगशालाको आयोजनामा दियालो फुडल्याण्डमा सुनिल बस्नेतको संयोजकत्वमा तनाव विसर्जन कार्यशाला सम्पन्न भएको छ।

तार्केश्वर नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुमा रहको तनाव विसर्जन हुने हुँदा तार्केश्वर नगरपालिका भित्र संचालित सरकारी तथा निजि विद्यालयहरुका शिक्षक शिक्षिकाहरुका लागि एकदिने तनाव व्यबस्थापन कार्यशाला शनिबार योग प्रशिक्षकहरुबाट तालिम सम्पन्न भएको हो ।

 

बिहान ७ बजेदेखि दिउसोँ ५ बजेसम्म भएको कार्यक्रममा योगकार्यक्रमा सहभागी जनाएका थिए।सहभागीहरुले योग र ध्यानको माध्यमबाट मानव जीवनमा आईपर्ने तनावलाई निमूर्ल गर्ने र मानव जीवनलाई खुसीँ र सुखी बनाउने समेत धारणा व्यक्त गरेका थियो।

Inside Article Ads

कार्यक्रममा प्रेम प्रसाद ढुंगाना,सुनिल बस्नेत,कमला आचार्य,मिना आचार्य , सरस्वती योञ्जन,भवानी गुरागाई,गोपाल प्रसाद पराजुली ,थम प्रसाद श्रेष्ठ ,पवन फुयाल ,उमा फुयाल लगायतलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा शिक्षक संगठनका बिभिन्न पदाधिकारी, शिक्षक शिक्षिकाहरु लगायत सय जना भन्दा बढिको सहभागिता रहेको थियो।

कार्यक्रमको समापन समारोहमा बोल्दैँ कार्यक्रमकी प्रमुख अतिथि तार्केश्वर नगरपालिकाकी उपप्रमुख कार्यवाहक प्रमुखले योगाका मार्फत तनाव विसर्जन कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रम संयोजक सुनिल बस्नेतले यस्ता कार्यशालाले मान्छेको मानसिक विचलनलाई निर्मुल पारी सकारात्मक भावनाको विकास गर्न टेवा पुग्ने बिचार व्यक्त गरे।नर्थ काठमाडौंका अध्यक्ष अनिल धितालले यस्ता कार्यक्रमले मानिसमा सकारात्मक उर्जा प्रदान गर्ने धारणा सार्वजनिक गरे।

Visited 25 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.