Fast Nepal News

देशभर सञ्चालनमा रहेका पानी उद्योगीहरु चौतर्फी घेरावन्दीमा परेको भन्दैँ नेपाल बोटल वाटर उद्योग संघको पत्रकार सम्मेलन

संचालनमा रहेको पानी उद्योगमा हालै विभिन्न सरोकारवालाहरुले तारो बनाएको भनाई

banner single news

३२ श्रावण,काठमाडौँ-काठमाडौं उपत्यका तथा देशभर सञ्चालनमा रहेका पानी उद्योगीहरु चौतर्फी घेरावन्दीमा परेको भन्दै नेपाल बोटल वाटर उद्योग संघले आज पत्रकार सम्मेलन गरेको छ । विहिवार नेपाल बोटल वाटर उद्योग संघले केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संचालनमा रहेको पानी उद्योगमा हालै विभिन्न सरोकारवालाहरुले तारो बनाएको समेत जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दैँ वाटर उद्योग संघका अध्यक्ष ध्रुव गौतमले संचालनमा रहेको पानी उद्योगमा हालै विभिन्न सरोकारवालाहरुले तारो बनाएको समेत धारणा व्यक्त गरेका छन्,। गौतमले पानी माफिया, विचौलियाको कारणबाट गत वर्ष २०७९ जेठ १९ देखि विभिन्न खाद्य वस्तुको मूल्यवृद्धि हुँदा समेत आमउपभोक्ताको हितलाई ध्यानमा राखी जारमा उद्योग मूल्य १८ रुपैयाँ, बजारमुल्य ३ सय ५५ रुपैयाँ, उपभोक्ता मुल्य प्रति जार ४५ देखि ४७ रुपैयाँ र बोतलमा उद्योग मूल्य प्रति बाकस १ सय ३०, बजार मूल्य १ हजार ४ सय ५१ देखि १६० र अधिकतम खुद्रामूल्य प्रति वोटल १६ रुपैयाँमा बिक्री वितरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

Inside Article Ads

तर, सो मुल्यसूची कायम गरि कारोबार भै रहेकोमा पछिल्लो समयमा विचौलियको चरम खेलवाड तथा नियमन निकायको सशक्त पानीमा अनुगमन तथा उद्योगीलाई विना जानकारी जार नष्ट गर्दा उद्योगी दोहोरो मार पर्न गएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । वर्षादको यो अवस्थामा पानी उद्योगीले गुणस्तर पानी बिक्री वितरण गर्दै उपभोक्तालाई सहजीकरण गर्ने कार्य गदा सोही प्रकृतिको ग्यासको हकमा एक सिलिडर २९ किलोग्राम दुवानी गर्दा १ सय रुपैयाँ दिने तर पानीमा ढुवानी खर्च जोड्दा पहाडै खसे झै गरेर कोलाहल मञ्चाउनु उचित नभएको संघका अध्यक्ष गौतमले बताएका छन् ।

विचौलियाहरुकै कारण पानी उद्योगीहरु कमाउने भन्दा दिन दुई गुणा रात चौगुणा गुमाउदै गएको संघले ठहर गरेको छ । आम उद्योगीको गुनासो संघलाई पटक पटक जानकारी गराउदै आएकोलाई मध्य नजर गर्दै अन्य उपभोग्य खाद्य वस्तुको चौगुण मूल्यवृद्धि भएता पनि पानीको हकमा गत वर्ष लिएको मूल्यलाई यथावत कायम राखेको संघका अध्यक्ष गौतमले बताएका छन् ।

संघका अध्यक्ष गौतमले पुरानै मूल्यलाई निरन्तरता दिदै आम उपभोक्ता, अधिकारकर्मीलगायत सरकारी नियमन निकायले समेत पानीको गुणस्तरता, लेवल प्रष्ट खुलेको लोगो, मूल्य खुलेको बारकोट स्टिकर, सफा जार हेरी उपभोग गर्न गराउनु हुन समेत आग्रह गरेका छन् ।

Visited 68 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.