Fast Nepal News

चिनियाँ खोप अन्तिम चरणमा, युद्धस्तरमा वितरण प्रणाली बनाइँदै

banner single news

काठमाडौं, मंसिर १८ – विश्वभरि दशौं लाख आपूर्तिको प्रतिबद्धता जनाएको चीनले कोभिड–१९ विरुद्धको खोप भण्डारणको बलियो तयारी गरेको छ। दक्षिणी चीनको शेनजेन शहरस्थित अन्तर्राष्ट्रिय विमानस्थलको एक कुनामा सेता च्याम्बरबाहिर लगाइएको पर्दामा भित्रको तापक्रम देखाइएको छ।

सुरक्षा कामदारहरु सर्जिकल गाउन, अनुहार ढाक्ने मास्क र रबरको पञ्जा लगाएर बाहिर पहरा दिदैछन् । उक्त च्याम्बरभित्र प्रवेश गर्ने जो कोहीले कम्तिमा दुई साताको क्वारेन्टिन पुरा गरेको हुनुपर्ने वा टाउकोदेखि पैताला ढाक्ने पहिरन लगाएको हुनुपर्ने ब्यवस्था गरिएको छ।

३५० वर्गमिटरमा फैलिएको तापक्रम नियन्त्रित कोठाहरुमा छिट्टै चीनले विकास गरेको खोपले भरिभराउ हुनेछ। चिनीयाँ औषधि नियामक निकायले खोपको स्वीकृति दिएपछि विमानस्थलको उक्त च्याम्बरमा खोप लगिनेछ। त्यहाँबाट जेटसम्म पुर्याउँदा तापक्रम नियन्त्रित उपकरण सहित विश्वका विभिन्न स्थानमा आपूर्ति गरिनेछ।

चीनले तेस्रो चरणको ट्रायल गरेको राष्ट्रहरुमा सयौं लाख खोप आपूर्ति गर्ने तयारी गर्दैछ। चिनीयाँ नेतृत्वले खोपको सफलतापूर्बक परीक्षणपछि थुप्रै राष्ट्रमा आपूर्तिको प्रतिबद्धता समेत जनाएका छन्। खोप आपूर्ति गर्ने विश्वब्यापी अभियानले भएको सीएनएनले उल्लेख गरेको छ।

चिनीयाँ परराष्ट्र नीतिलाई प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय प्रभाव कायम गर्ने उपकरणको रुपमा चीनले खोपको प्रयोग गर्न सक्ने वाशिंगटनस्थित परराष्ट्र सम्बन्धमा विश्व स्वास्थ्य हेर्ने यान्झोंग हुआगं बताउँछन्।

महामारीको सुरुवाती चरणमा चीनले मास्क र अन्य स्वास्थ्य उपकरण तथा सामग्री सहयोगमा उपलब्ध गराएर सद्भाव बनाउने प्रयास गरेको थियो। तर उक्त स्वास्थ्य सामग्रीको कमजोर गुणस्तरलाई लिएर पुनः चीनमाथि दोष लागेपछि वेइजिंगले कोरोनाभाइरसको अध्याय अन्त मोड्न खोजेको आरोप लागेको थियो। वेइजिंगको खोप कुटनीतिले पुनः एकपटक अवसर दिएको हुआंग बताउँछन्।

चीनले हाल चारवटा कम्पनीको पाँचवटा कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण गरिरहेको छ। खोप परीक्षणको अन्तिम तथा सबैभन्दा महत्वपूर्ण चरणमा प्रवेश गरेर खोप विकासकत्र्ताले नियामक निकायबाट अनुमति लिने अवस्थामा पुगेको छ।

Inside Article Ads

चीनले हालसम्म १६ राष्ट्रमा खोपको प्रभावकारिता र स्वास्थ्य सुरक्षाबारे तेस्रो चरणको परीक्षण गरिरहेको छ। बदलामा चीनले सफलतापूर्बक परीक्षणपछि खोपमा छिटोभन्दा छिटो पहुँच हुने प्रतिबद्धता गरेको छ।

वेइजिंगस्थित सिनोभ्याक बायोटेकले ब्राजिललाई चार करोड ६० लाख र टर्कीलाई पाँच करोड डोज उपलब्ध गराउने सम्झौता गरेको छ। इन्डोनेसियामा उत्पादनका लागि सिनोभ्याकले चार करोड डोज बराबरको कच्चा खोप उपलब्ध गराउने सम्झौता गरेको छ।
क्यानसिनो बायोलोजिक्सले मेक्सिकोलाई तीन करोड ५० लाख डोज खोप दिने सम्झौता गरेको छ । चिनीयाँ सेनाको अनुसन्धान इकाईले उक्त खोप विकास गर्दैछ।

चीनको सरकारी स्वामित्वको नेशनल फर्मास्युटिकल्स ग्रुप(सिनोफार्म) को इकाई नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले खोप आपूर्तिको सम्झौताका लागि कम खुलेको छ। सीएनबीजीको दुईवटा खोप विभिन्न दश राष्ट्रमा तेस्रो चरणको परीक्षणमा छन्। अधिकांश मध्यपूर्ब र दक्षिण अमेरिकी राष्ट्र छन्।

यूएईका शासक शेष मोहम्मद बिन राशिद अल मख्तौम समेत उक्त खोपको ट्रायलमा स्वयंसेवीको रुपमा सहभागी हुनेछ। उक्त खोप आकस्मिक प्रयोगका लागि अनुमति समेत पाइसकेको छ। एमिराती कम्पनीले सिनोफार्मसँगको समन्वय र साझेदारीमा सात करोड पचास लाखदेखि एक अर्ब डोज खोप उत्पादन गर्ने अपेक्षा गरेको छ।

सिनोफार्मका अध्यक्ष लिउ जिंगझेनले पछिल्लो महिना दर्जनौं राष्ट्रले कम्पनीको खोप खरिदका लागि आग्रह गरेको बताएका थिए। उनले कुन राष्ट्रले कति डोज खोप किन्न प्रस्ताब गरेको सम्बन्धमा केही खुलाएनन्। यद्दपी उनले सन् २०२१ मा सीएनबीजीले एक अर्बभन्दा बढी खोप उत्पादन गर्न सक्षम रहेको बताएका थिए। -गाेरखापत्र दैनिक

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.