Fast Nepal News

मालपोत अधिकृतत्रयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले आज मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासुद्वय रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

banner single news

२५ श्रावण,काठमाडौँ-अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोछ ।

अख्तियारले आज मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासुद्वय रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क र ग बाट रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

Inside Article Ads

समाचार रिपोर्टर्स नेपालको अनलाईन पेजमा प्रकाशित छ।

Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.