Fast Nepal News

बालाजु बाइसधारा उधान कार्यालयबाट भएको धार्मिक तथा सांस्कृति अतिक्रमण रोक्न तथा भष्ट्राचारीलाई कारबाही गर्न बालाजु बाइसधारा संरक्षण संघर्ष समितीको माग

बालाजु बाइसधारा संरक्षण संघर्ष समितीको माग प्रति काठमाडौं महानगर सकारात्मक

banner single news

१७ साउन, काठमाडौं –बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाजका पदाधिकारीहरूले काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई १७ वडा कार्यालयमा पुगेर काठमाडौं महानगरपालिका मातहत चल्ने ल्हुति बालाजु बाइसधारा उद्दानले गरेको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रष्ट्राचार तथा समुदाय बिरोधी कार्यको विषयमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई ध्यानकर्षण पत्र बुझाएको छ।

ध्यानकर्षण पत्र बुझ्दैँ प्रवक्ता नवीन मानन्धरले बालाजु बाइसधारा संरक्षण संघर्ष समितीको माग प्रति काठमाडौं महानगर सकारात्मक रहेको  धारणा व्यक्त गरेका छन्।।ल्हुति बालाजु बाइसधारा संरक्षण संघर्ष समितिले ८ बुदेँ माग प्रति काठमाडौं महानगर सकारात्मक देखिएको सामाजिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठले बताएका छन्।।

Inside Article Ads

बालाजु बाइसधारा संरक्षण संघर्ष समितीले धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा, शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमण सम्बन्धमा,मन्दिर प्रवेशद्वार सम्बन्धमा,बालाजु बाइसधारा उद्दानले साझ ६.३० बजे गेट बन्द गर्ने सम्बन्धमा,बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा,बालाजु बाइसधारा उद्दान भित्र पानीको सम्बन्धमा, बालाजु बाइसधारा उद्दानले प्रहरी प्रशासन लगाएर स्थानीयलाई दमन गरेको सम्बन्धमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई ध्यानकर्षण गराएका हुन्।

काठमाडौं महानगरपालिका मातहत चल्ने ल्हुति बालाजु बाइसधारा उद्दानले गरेको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रष्ट्राचार तथा समुदाय बिरोधी कार्यको विरोधमा स्थानीय व्यक्तिहरुको सहभागीतामा श्रावण १३ गते शनिवार बिहान ७ बजे बालाजु बाइसधारा उधान कार्यालयबाट भएको धार्मिक तथा सांस्कृति अतिक्रमण तथा भष्ट्राचार बिरुद्ध बालाजु बाइसधारा संरक्षण संघर्ष समिती नागरिक समाजले धर्ना कार्यक्रमको आयोजना गरेको थियो।

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.