Fast Nepal News

बालाजु बाइसधारा उधान कार्यालयको मुल गेटमा भएको धर्ना कार्यक्रम समापन

banner single news

१३ श्रावण,काठमाडौँ-बालाजु बाइसधारा संरक्षण संघर्ष समिती नागरिक समाजले आज बिहान ७ बजे बाइसधारा गेटमा धर्ना कार्यक्रम समापन गरेको छ।स्थानीय व्यक्तिहरुको सहभागीतामा बालाजु बाइसधारा उधान कार्यालयबाट भएको धार्मिक तथा सांस्कृति अतिक्रमण तथा भष्ट्राचार बिरुद्ध बालाजु बाइसधारा संरक्षण संघर्ष समिती नागरिक समाजले धर्ना कार्यक्रमको आयोजना गरेको हो।

 

 

धर्ना कार्यक्रमा सम्पदा अभियन्ता तथा काठमाडौँ महानगर सम्पदा सल्लाहकार यादवलाल कायष्ठ,सामजिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठ र नागरिक अभियन्ताहरु,स्थानीय ,सञ्चार जगतको समेत बाक्लो उपस्थिति रहेको थियो।

बालाजु बाइसधारा संरक्षण संघर्ष समिती नागरिक समाजले आज बिहान ७ बजे बाइसधारा गेटमा धर्ना कार्यक्रम समापन भएसँगै धार्मिक र सांस्कृतिक अतिक्रमण, भ्रष्टाचार लगायतका मुद्दामा भएको धर्ना कार्यक्रममा उपस्थिति आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदिबहिनीहरु, नागरिक अभियानकर्ताहरु, पत्रकार मित्रहरु, सुरक्षाकर्मी साथीहरु, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धर्ना कार्यक्रमलाई सहयोग गर्नुहुने सम्पुर्णमा कार्यक्रमका संयोजक रबिन्द्र कुमार श्रेष्ठले हार्दिक आभार व्यक्त गर्नुभएको छ।

 

 

हाम्रो आन्दोलन जारी रहेको बताउदैँ सामाजिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठले धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा बालाजु बाइसधारा उधान कार्यालयको ध्यानकर्षण गराएको जानकारी गराउनुभयो।

विज्ञप्तिको पूर्णपाठसहित

१) धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा:
नेपालको संविधान २०७२ ले प्रत्येक धार्मिक तथा सांस्कृतिक सम्प्रदायलाई धार्मिक तथा सांस्कृतिक सभ्यता, सम्पदा संरक्षण तथा जात्रा, पर्वहरु स्थानीयहरुलाई संचालन गर्ने हक तथा संवैधानिक अधिकार प्रदान गरेको छ। तर, काठमाडौं महानगरपालिकाले परापुर्वकाल देखि स्थानीयवासीले संचालन गर्दै आएको (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ जात्रा पर्वहरुमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै, जात्रा, पर्वको लागि आएको बजेट संगठित रुपमा हिनामिना गरेको छ। सोही बिषयमा कामपाका सम्बन्धित सबै निकाय/तह लाई सैयौंको संख्यामा स्थानीयहरुले हस्ताक्षर गरेर निवेदन दिदा पनि केही काम कार्वाही नभएको प्रती ध्यानाकर्षण गराउदछौँ।
२) शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमण सम्बन्धमा:
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको (ल्हुति) बालाजु बाइसधारा भित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी अतिक्रमण गर्दै, परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा गर्ने काम गरेको प्रती ध्यानाकर्षण गराउदछौँ।
३) मन्दिर प्रवेशद्वार सम्बन्धमा:
Inside Article Ads
काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा शितला माइ मन्दिर र रत्नचुडेश्वर मन्दिरहरु रहेको र उक्त क्षेत्रको पहिले देखि नै आफ्नो छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट काट्नु पर्ने अवस्था सिर्जना भएको हुनाले, पुरानो मन्दिरको प्रवेशद्वार खोल्नको लागि ध्यानाकर्षण गराउदछौँ।
४) (ल्हुति) बालाजु बाइसधारा उद्दानले साझ ६:३० बजे गेट बन्द गर्ने सम्बन्धमा:
(ल्हुति) बालाजु बाइसधारा उद्दान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित, उद्दान भित्र कैद मठमन्दिर, धर्म, संस्कृति जोगाउन गरिने पुजाआजामा असर पुग्ने, साथै बिहान चिसोमा निस्किन गार्हो हुने वृद्धवृदा/ बालबच्चाहरु लगायत साझको समय स्वास्थ लाभको लागि हिडडुल गर्ने साझको समयमा उद्दान बन्द हुने गलत निर्णय सच्चाउनको लागि ध्यानाकर्षण गराउदछौँ।
५) (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा:
(ल्हुति)बालाजु बाइसधारा उद्दान आफैमा प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाले भरिपुर्ण क्षेत्र हो। तर, पछिल्लो समय प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सैयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्दा पानीको प्राकृतिक मुहान सुक्न गै २२ धारामा पानी नआउने अवस्थामा पुगेको छ। यसर्थ, प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा माथी भएको गैरकानुनी कार्य सच्चाउन र (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नती गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउदछौँ।
६) स्थानिय तहमा स्थानीयहरुलाई रोजगारको व्यवस्था गर्ने सम्बन्धमा।
संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहमा कार्यरत कर्मचारी भर्नामा स्थानीयलाई नै प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउदछौँ।
७) (ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र पानीको सम्बन्धमा।
(ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र रहेको २२ धारामा पानी आउने व्यवस्था छैन। स्थानीयहरु पानी नपाएर काकाकुल छन्। तर, उद्दान भित्रबाट डिप बोरिङ गरि दैनिक थुप्रै ट्याङकर पानी किन र के का लागि लगिएको हो ध्यानाकर्षण गराउन।
अन्तमा: ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दानमा भएको धार्मिक तथा सांस्कृतिक अतिक्रमण रोक्न, आर्थिक/नैतिक भ्रष्टाचारको छानबिन गर्न, पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र गराउन संघर्ष समिती काठमाडौं महानगरपालिकालाई आग्रह गर्दछ।
आयोजक:
(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाज।
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.