Fast Nepal News

वामदेवकाे आराेप- प्रतिनिधिसभा इतिहासकै असभ्य र संस्कृतिहीन

banner single news

१२ श्रावण,काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्यता, असंस्कार र संस्कृतिहीन रूपमा सञ्चालन हुन थालेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका छन्।

उनले नेपालको संसद् पहिलादेखि विवादित र नराम्रो किसिमले चल्ने गरेको भए पनि अहिले संसारका कुनै पनि संसदमा नहुने र इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए।

सांसदहरू संसदको नियमावलीलाई बेवास्ता गरी जथाभावी रूपमा उठेर बोल्ने गरेको बताउँदै नेता गौतमले एकजनाले मात्रै बोल्नुपर्ने ठाउँमा दुई सय ७५ जना उठेर बोल्ने गरिएको भन्दै टिप्पणी गरे।

Inside Article Ads

उनले पुरानो संसद् परित्याग गरेर समानुपातिक समावेशी प्रणालीमा आबद्ध गराएर नयाँ संसद् बनाएको भन्दै पहिलको भन्दा खराब रूपमा तल झरेर संस्कृतिहीन भएको आरोप लगाए। उनले पछिल्लो समय प्रतिनिधिसभा मात्रै नभएर राष्ट्रिय सभा पनि त्यस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गरे ।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.