
८ श्रावण ,काठमाडौँ-मिस नेवाः नेपाल ११४३ को कल्चरल फोटोसुट पाटनस्थित बग्लामुखी मन्दिर परिशरमा सम्पन्न भएको छ। नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालका प्रतियोगीहरुलाई बगलामुखी सहकारीका अध्यक्ष लक्षमण महर्जनले स्वागत गर्दै नेवा परम्परा, संस्कार र संस्कृतिमा बग्लामुखीको महिमाबारे अवगत गराएका थिए।

१७औं संस्करणको मिस नेवाः कार्यक्रममा आयोजक हेमा मानन्धर, प्रमुख सल्लाहकार सुर बहादुर श्रेष्ठ, कार्यक्रम संयोजक मिस नेवा कृषा महर्जन, मिस नेवा सलिना महर्जन, बगलामुखि सहकारीका अध्यक्ष लक्षमण महर्जन, सचिब सुनिल महर्जन तथा सहकारीका अन्य पदाधिकारीहरु र मिस नेवा प्रतियोगिहरुका अभिभावकहरुसंगै मिस नेवा का प्रतियोगीहरु क्रमश अबिशा कपाली, एदृना श्रेष्ठ, अंशु प्रजापति, खुशी डंगोल, कृष्टि प्रजापति, मिनसा महर्जन, रिधिशा श्रेष्ठ, रितिका श्रेष्ठ, रोजिना महर्जन, सकिना महर्जन, सुबिता देउला, सिचु मानन्धर, तिमिला महर्जन, तुलसा प्रजापति, तुल्शी कंसाकार, युनिशा महर्जन सहभागी थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकभन्दा अघिदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको र त्यहीअनुरुप सहभागी प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट बगलामुखी मन्दिर परिसरमा सम्पन्न गरिएको बताएकी छिन् ।

प्रतियगितामा चर्चित अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्रफी रहेको छ भने राजु नापितले नेवार भाषाको प्रशिक्षण प्रदान गरिरहेका छन ।



